#कबिता
१ दिनको लगातार काम,
दिनभरीको लामो लाम,
अनि
४० दिनको पर्खाइ,
हरियो पासपोर्ट मेरो हात पर्यो,
सुनौला अक्छ्यरमा लेखिएको थियो
" राहदानी नेपाल " !
मन फुरुङ्ग भयो !
हत्तपत्त साथीलाई फोन लगाए,
"ओए, म नि अब विदेश जाने" !
कथा येहीबाट सुरु भयो,
आखिर एक साझा सपना
हामी नेपाली सबैको
देश छाडि छिट्टै बिदेशिन पाम !!
-प्रतिक "आभास "