P B diaries
Sharing stories
Saturday, May 29, 2021
तिमी
#kabitaa
तिमी कालोलाई सेतो,
सेतोलाई कालो भन्छौ,
अनी ,
एक हुल पट्टी बादी
मोतिबिन्दु भएसरी
तिमीलाई सही भन्छन ।
"तिमी गलत" भन्नेहरुलाई ,
कानुन कानुन भन्छौ ,
"तिमी सही" भन्नेहरुलाई ,
सरकार सरकार भन्छौ ।
"कानुन कानुन" भन्नेहरुलाई तिमी,
"मै हुम मै हुम" भन्छौ ,
अनी केइ हुल ,
गल्लल ताली पिट्दै ,
तिमीलाई कानुन भन्छन ।
तिमी देश स्वतन्त्र छ भन्छौ ,
प्रजातान्तृक छ भन्छौ ,
कोइ तिम्रा आगे बोलुन ,
तिमी तीनका जिब्रा तान्छौ ,
अनी केइ हुल ,
सलाम ठोक्दै ,
तिमीलाई प्रजातन्त्र भन्छन ।
भ्रस्टचार मान्दिन भन्छौ ,
गरीबि अन्त्य भन्छौ ,
कोइ प्रस्न गरुन अनि,
आख्तियारनै किनिदिन्छौ ,
अनी तिम्रा आडमा ,
फलिफाप भएकाहरु ,
सम्बृधी सम्बृधी भन्छन । ।
तिमी आफु बिकासका प्रतिक भन्छौ ,
चिरिएका पैताला अनि भात्किएका सडकहरु ,
गामको मायाले प्रदेसिएका माइलाई दाइहरु ,
पड्न नपाएर लाहुर पसेका कलीला भाइहरु ,
भत्किएको अर्थबेबस्था ,
टुहुरा समानता,
प्रश्न गर्छन ,
अनी केइ हुल ,
लम्किन्छन तिम्रा परिभासाका ,
बिकासबिरोधी मुखहरु थुन्न ।
म आज,
सत्य र निस्ठाको मझेरिमा,
बडो अलमलमा छु ,
चिन्तनहरुबिच चिन्तित छु ,
अब फेरी एक हुल आउनेछन ,
अनी भन्नेछन मलाई ,
देशघाती !
बिकासबिरोधी !
प्रजातन्त्रबिरोधी । ।
तिमी कालोलाई सेतो,
सेतोलाई कालो भन्छौ,
अनी ,
एक हुल पट्टी बादी
मोतिबिन्दु भएसरी
तिमीलाई सही भन्छन ।
प्रतिक "आभास "
Sunday, March 14, 2021
उ मलाई म आफुले आफुलाईभन्दा बडी चिन्छु भन्छे !!
#कबिता
अन्जान उ ,मलाई ,
म आफुले आफुलाईभन्दा बडी चिन्छु भन्छे !
अदृस्य हामि,
शब्दले साटिएको आत्मिएता,
अनी ,
दर्दले मिलेका मनहरु,
दर्दनाक एकान्तता चिर्दै ,
झन झन आत्मिय बन्दै छन !
अस्तिभन्दा हिजो,
अनी
हिजोभन्दा आज
झन झन नजिकिएका मनहरु,
आज लगाम खोज्दैछन ,
कालो बनिसकेको
मनको कुनामा उस्ले बालेका प्रकास
आज हतास मान्दैछ !!
उस्लाई कैले नदेखेका
यी नयनहरु
उ ओरिपरिबाट हराउने डरले
आक्रान्त छ !!
उस्को इस्पर्स गर्दै
मेरा द्वारबाट बग्ने पवन
आज इस्थिर छ !!
उस्लाई हेरेर मुस्काउने
जुन
आज काला बादलबिच लुक्दै छ !
डर छ ,
नाम साट्दै गर्दा
साटिएको मन ,
कतै
एक दिन ,
मेरो परिचयनै गुमाउने पो हो कि ?
सुन्छु ,
समयले चिनजान भएका
अन्जानहरु
आत्मिय बन्दै
फेरी
अन्जान बन्छन अरे !!
खै ,
उ मलाई
म आफुले आफुलाईभन्दा बडी बुझ्छु भन्छे !!
-प्रतिक "आभास "
Friday, March 12, 2021
भागवण्डा
#कविता
अनुसासनमै बग्ने समय,
आफैमा तर,
बेइमान हुदो रहेछ,
नहुदो हो त आज ,
भाइ ,
त अनि म बीच,
यो ठुलो प्रखाल नहुदो हो,
तर समय बेइमान हुदोरहेछ भाई,
समय बेइमान हुदो रहेछ !
याद छ भाइ,
निस्लोड जोरोले त,
सुत्न नसकेको त्यो दिन,
म रातभर तेरा पाखुरा मिच्दै,
तेरो सिरानी बनेको थिए,
तर आज यो २ आनामा अड्केको तेरो निन्द्रा,
म कसरि छिनुला भाई ?
भन न ,
म कसरि छिनुला !!
आमाले तलाई भन्दा मलाइ
बडी माया गर्नुहुन्छ भन्दै,
अनिदो बसेका ति दिनहरु,
याद छ भाइ ??
अनि तलाई फकाउन भनेर बा'ले साहु संग
ऋण गरि ल्यादिनुभएको त्यो साइकल,
त कति खुसि थिस,
याद छ भाई?
याद हुदो हो त आज
आफ्नै आमा बा तलाई बिरानो नहुदा हुन् भाइ ,
तर ठिकै छ भाइ
समय बेइमान हुदो रहेछ !
इस्कुलमा तलाई हेडमास्टरले,
गृहकार्य गरेनस भनेर कुट्दा ,
कामै छाडेर बा
सदरमुकामबाट इस्कुल पुगेको त्यो छ्यड,
साएद तैले बिर्सिस होला भाई,
बिर्सेको नहुदो होस त,
कान्छाको मुहार नदेखेको बर्सौ भयो भन्दै,
आमा पिडामा छट्पटिदा,
आमा तेरो लागी बिरानो नहुदि हुन,
तर ठिकै छ भाइ
समय बेइमान हुदो रहेछ !
याद छ भाइ,
पल्ला घरे रामेले तलाई पिट्दा,
म
सारा संसार भुलेर तेरो लागि लड्न हिडेको त्यो दिन?
याद हुन्थ्यो त भाइ,
आज
हाम्रो झगडा रोक्न
रामेको उपस्थिथि नहुदो हो !!
तर ठिकै छ भाइ
समय बेइमान हुदो रहेछ !
लैजा भाई,
त्यो १५ मुरे,
त्यो ८ आना,
त्यो २ आना,
माथ्ला घरे बारी,
अनि त्यो सल्लाघारी,
सबै तेरै भो भाइ,
तर धन्येबाद छ तलाई ,
धन्न तैले मलाइ,
आमा बा'को सेवा गर्ने त मौका दिइस !!
ठिकै छ भाइ,
येहा समय बेइमान हुदो रहेछ !
यो लहरी लहरीमा,
थाहा छैन भाइ ,
तैले के पाइस,
अनि मैले के गुमाए,
आज फेरि तेरो जिद्दीपनमा तैले जितिस भाइ,
बधाई छ,
तर फरक येत्ति छ,
पहिलेको तेरो जिद्दीपनमा मिठास हुन्थ्यो,
तर ऐलेको तेरो जिद्दीपनमा बस मिजास रह्यो,
बधाई छ भाई,
एउटै खुसीको घर बनाउने हाम्रो सपनामा,
तैले घर नभई ,
प्रखाल बनाइस,
भागबण्डाको प्रखाल
बधाई छ भाइ,
बधाई !!
-प्रतिक "आभास"
Wednesday, March 10, 2021
मसान
आज
म निसब्द हुँदै
ती हुर्हुर्ती जलिरहेका लास हेर्दैछु
अनी आफ्ना सास थाम्दै
एक साहास बटुल्दै छु
हास्ने, रम्ने, जिउने
आखिर जिउदाजरी सास
अनी
मृत्युपछी जल्ने
एक खोक्रो लास त रहेछ
जिन्दगी !!!
म हेर्दै छु
उ जल्दै छ
कोइ रुदै छन
कोइ कराउदै
तर
उ बोल्दैन
उ सिथिल छ
लामो निन्द्रामा पसेजस्तै
या मन पर्ने
तर न प्रतिकार गर्दै छ
न हर्सित हुँदै छ
उ
त्यो पहिरनमा
न उस्लाई कसैको मतलब नै छ
चाहे रोउन
कराउन
अब उ बोल्दैन रे
आखाहरु खोल्दैन रे
हिजो मिठा निन्द्राका लागी
पसिनाबिच
दौडिने उ
अब
एसैगरी लम्पसार निदाउछ अरे !
कही कतै
खुशी खोज्न
सान्ती खोज्न
अब उ उठ्दैन रे
उ बस निदाउछ अरे !!!
न पैसाको तृस्ना छ उस्लाई ,
न कुनै बेदनाले उस्का आखा पोल्दैछन
न कसैलाई जित्ने चाह
न कसैले हराउछ भन्ने डर
बस
उ इस्थिर छ आज
उ
बोल्दैन रे अब !!!
काठहरु हालियो
हिजो सानो ठेस लाग्दा रुने उ
आज कुनै प्रतिकार गर्दै छैन
उस्का सरिर आगोका ज्वलाबिच जल्दैछ
हिजो सानो सलाईको काटिले पोल्दा
चिस्यान खोज्ने उ
आज निसब्द छ
साएद थाकेको होला
भागडौदबाट
जिन्दगीको
आज उ बस चुपचाप छ
केहि छिन उ मजाले जल्यो
आगोसँगइ बल्यो
अब न उस्को सरिरनै देखिन्छ
बस
उ एक खरानी बन्यो
मन्द हुँदै गएको सास
अनी एक लास
अब उ बस एक खरानी बन्यो !!
अब कोइ छैन उस्को
बस अर्ध जलेका
ती काठका टुक्रा
अनी
केइ पर जिन्दगी नियाल्दै गरेको म
अब उ
बस
अब उ
एक खरानी बन्यो !!!
(१५ जून, २०१५)
सपना !!
#लघुकथा
फिस्स हावा उडाउदै उ कर्कियो, "होइन दाइ दुइ कप चिया नि दुइ घन्टा लाग्छ !" "
शहर, म अनि सपनाहरु
-
#कबिता आज म निसब्द हुँदै ती हुर्हुर्ती जलिरहेका लास हेर्दैछु अनी आफ्ना सास थाम्दै एक साहास बटुल्दै छु हास्ने, रम्ने, जिउने आखिर जिउद...
-
#कविता अनुसासनमै बग्ने समय, आफैमा तर, बेइमान हुदो रहेछ, नहुदो हो त आज , भाइ , त अनि म बीच, यो ठुलो प्रखाल नहुदो हो, तर समय बेइमान हुदोरहेछ...
