Wednesday, March 10, 2021

सपना !!

 #लघुकथा



फिस्स हावा उडाउदै उ कर्कियो, "होइन दाइ दुइ कप चिया नि दुइ घन्टा लाग्छ !" "

बन्दैछ भाई, हामी मसिन होइन क्यार," साउजिले जवाफ फर्काए !

 उस्ले सर्टको गोजिबाट अर्को एउटा सुर्य चुरोट सल्काउदै भन्यो "साला जिन्दगीमा बाकी प्रकाश भनेको अब एही सुर्यको मात्रै रह्यो!!" 

उ फिस्स झुटो हासो हास्यो !! मैले बुझे !! 

"खन्छस?" 

मैले टाउको हल्लाए !! 

"हेर दोस्त जिन्दगी एस्तै रहेछ"!! अर्को टेबलबाट ठुलो आवाज आयो "यि भुस्तिन्ग्रे क्रान्तिकारीले केहि नाथे गर्दैनन!" "होइन तिम्रा कांग्रेस नि तेस्तै हुन्, नकराउ बुडा " !! हुन त अधिकान्स नेपालका चियापसलहरु राजनितिक अखडा बनेको हामीले देखेको नि धेरै भैसकेको थियो ! हामीलाइ तेहा नौलो कही लागेन !!

 “अनि के गर्दै छस आजभोली?” मैले उ सामू एउटा प्रश्न तेर्स्याए ! सर्रर चीलगाडी उडेको एउटा ठुलो आवाज आयो !! 

“म उडन खोज्दै छू”, फेरी एक सर्को तान्दै फिस्स उडाउदै उसले भन्यो “यी हावाहरु जस्तै” ! 

“साहित्यकार भयछस त”, उड़ उड़ “म हासे!

 “ब्याचलर सकिएको नि दुई बर्स भएछ ! साला लोकसेवा दियो कोटाले रोक्छ ! पराइभेट त तलाई नि थाहा छदैछ !” सानोमा स्वदेसी भुमिमै केही गर्छु भन्ने उसका कल्पना अनि चहाना समयले कती छिट्टै बिदेसिन बाद्य बनाएछ ! “मन मनई सोचे”! समय बेईमानी हदोंरहेछ !! सन्ध्यामा सूरज पुच्हारतीरबाट बिदा माग्दै थियो ! 

“हेर साथी !आदर्सले भोको पेट नभरिने रहेछ! अब त कल्पनाका जहाज पनी फिउल सकियेका जस्तै हुन थालिसके ! देशमा निकास देखिन !” 

“दाई, दुई कप चिया”, सानो भाईले चिया ल्याएछ ! बल्येकालभरी “चाइल्ड लेबर इज अ सोसल कराइम” भनेर घोकेको मेरा अतीत त्यो भाईको नजरमा नजर मिलाउन सकेन ! लामो सुस्केरा हाल्दै एक सुरूप पारे !!

 “कहा जाने सोच्दै छस त?” मैले उस्लाई प्रश्न गरे !! 

“कहा हुनु साथी? तेई ५० ओटा तारा नजिकैबाट गन्न मन छ, हो तेई देसमा !!” 

म फिस्स हासे “ऐ अमेरिका पो!!” फेरी आकाशमा अर्को चीलगाडी हामीलाई जिस्क्याय जसरी उड़यो ! उ अमिलो मुहार बनाउदै थूक निल्यो ! उसका रुद्रघनटी हल्लिए ! 

“सपनाका जहाज अस्तबेस्त छन! उड़न साएद पखेटै चाहिने रहेछ!”, उ एकाएक टोलायो!

 “परिश्रम गर फलको आश नगर भन्ने हाम्रो हिन्दू ग्रन्थले समाजको सोचाईनि तेस्तो बनैदेको भए?” मैले मन मनै सोचे ! म संग उस्लाई दिने उत्तर थिएन ! आखिर नभनेको मात्र पो हो र !! देश छोड़न उभन्दा बडी आतुर त म थिए !! हरेक चीलगाडीको आवाजले झसंग भएको त म थिए !! आखिर अचम्मको छ हामी सारा नेपालीको मिठो सपना “देस छोडी चाडै बिदेशिन पाऊ !!”

 -प्रतिक “आभास”

No comments:

Post a Comment

परिवर्तन

 .