Showing posts with label literature. Show all posts
Showing posts with label literature. Show all posts

Wednesday, March 10, 2021

मसान



#कबिता​ 
आज 
म निसब्द हुँदै 
ती हुर्हुर्ती जलिरहेका लास हेर्दैछु 
अनी आफ्ना सास थाम्दै 
एक साहास बटुल्दै छु 
हास्ने, रम्ने, जिउने 
आखिर जिउदाजरी सास 
अनी 
मृत्युपछी जल्ने
एक खोक्रो लास त रहेछ 
जिन्दगी !!!

म हेर्दै छु 
उ जल्दै छ 
कोइ रुदै छन 
कोइ कराउदै 
तर 
उ बोल्दैन 
उ सिथिल छ 
लामो निन्द्रामा पसेजस्तै 
उ केइ बोल्दैन 
सेतो -- उस्को मन नपर्ने रङ होला 
या मन पर्ने 
तर न प्रतिकार गर्दै छ 
न हर्सित हुँदै छ 
उ 
त्यो पहिरनमा 
न उस्लाई कसैको मतलब नै छ 
चाहे रोउन 
कराउन 
अब उ बोल्दैन रे
आखाहरु खोल्दैन रे 
हिजो मिठा निन्द्राका लागी 
पसिनाबिच 
दौडिने उ 
अब 
एसैगरी लम्पसार निदाउछ अरे !

अब भागदैन रे उ 
कही कतै 
खुशी खोज्न
सान्ती खोज्न 
अब उ उठ्दैन रे 
उ बस निदाउछ अरे !!!

न पैसाको तृस्ना छ उस्लाई ,
न कुनै बेदनाले उस्का आखा पोल्दैछन 
न कसैलाई जित्ने चाह 
न कसैले हराउछ भन्ने डर 
बस 
उ इस्थिर छ आज 
उ 
बोल्दैन रे अब !!!

उस्का सरिरमा बिस्तारै 
काठहरु हालियो 
हिजो सानो ठेस लाग्दा रुने उ 
आज कुनै प्रतिकार गर्दै छैन 
उस्का सरिर आगोका ज्वलाबिच जल्दैछ 
हिजो सानो सलाईको काटिले पोल्दा
चिस्यान खोज्ने उ 
आज निसब्द छ 
साएद थाकेको होला 
भागडौदबाट
प्रतिकारहरुबाट 
जिन्दगीको 
आज उ बस  चुपचाप छ 
सुन्एतामा रम्दैछ !

केहि छिन उ मजाले जल्यो 
आगोसँगइ बल्यो 
अब न उस्को सरिरनै देखिन्छ 
न उस्को उपस्थितीनै 
बस 
उ एक खरानी बन्यो 
मन्द हुँदै गएको सास 
अनी एक लास 
अब उ बस एक खरानी बन्यो !!

आसपास 
अब कोइ छैन उस्को 
बस अर्ध जलेका 
ती काठका टुक्रा 
अनी 
केइ पर जिन्दगी नियाल्दै गरेको म 
अब उ 
बस 
एक खरानी बन्यो 
अब उ 
एक खरानी बन्यो !!!

-प्रतिक "आभास"
(१५ जून, २०१५)

सपना !!

 #लघुकथा



फिस्स हावा उडाउदै उ कर्कियो, "होइन दाइ दुइ कप चिया नि दुइ घन्टा लाग्छ !" "

बन्दैछ भाई, हामी मसिन होइन क्यार," साउजिले जवाफ फर्काए !

 उस्ले सर्टको गोजिबाट अर्को एउटा सुर्य चुरोट सल्काउदै भन्यो "साला जिन्दगीमा बाकी प्रकाश भनेको अब एही सुर्यको मात्रै रह्यो!!" 

उ फिस्स झुटो हासो हास्यो !! मैले बुझे !! 

"खन्छस?" 

मैले टाउको हल्लाए !! 

"हेर दोस्त जिन्दगी एस्तै रहेछ"!! अर्को टेबलबाट ठुलो आवाज आयो "यि भुस्तिन्ग्रे क्रान्तिकारीले केहि नाथे गर्दैनन!" "होइन तिम्रा कांग्रेस नि तेस्तै हुन्, नकराउ बुडा " !! हुन त अधिकान्स नेपालका चियापसलहरु राजनितिक अखडा बनेको हामीले देखेको नि धेरै भैसकेको थियो ! हामीलाइ तेहा नौलो कही लागेन !!

 “अनि के गर्दै छस आजभोली?” मैले उ सामू एउटा प्रश्न तेर्स्याए ! सर्रर चीलगाडी उडेको एउटा ठुलो आवाज आयो !! 

“म उडन खोज्दै छू”, फेरी एक सर्को तान्दै फिस्स उडाउदै उसले भन्यो “यी हावाहरु जस्तै” ! 

“साहित्यकार भयछस त”, उड़ उड़ “म हासे!

 “ब्याचलर सकिएको नि दुई बर्स भएछ ! साला लोकसेवा दियो कोटाले रोक्छ ! पराइभेट त तलाई नि थाहा छदैछ !” सानोमा स्वदेसी भुमिमै केही गर्छु भन्ने उसका कल्पना अनि चहाना समयले कती छिट्टै बिदेसिन बाद्य बनाएछ ! “मन मनई सोचे”! समय बेईमानी हदोंरहेछ !! सन्ध्यामा सूरज पुच्हारतीरबाट बिदा माग्दै थियो ! 

“हेर साथी !आदर्सले भोको पेट नभरिने रहेछ! अब त कल्पनाका जहाज पनी फिउल सकियेका जस्तै हुन थालिसके ! देशमा निकास देखिन !” 

“दाई, दुई कप चिया”, सानो भाईले चिया ल्याएछ ! बल्येकालभरी “चाइल्ड लेबर इज अ सोसल कराइम” भनेर घोकेको मेरा अतीत त्यो भाईको नजरमा नजर मिलाउन सकेन ! लामो सुस्केरा हाल्दै एक सुरूप पारे !!

 “कहा जाने सोच्दै छस त?” मैले उस्लाई प्रश्न गरे !! 

“कहा हुनु साथी? तेई ५० ओटा तारा नजिकैबाट गन्न मन छ, हो तेई देसमा !!” 

म फिस्स हासे “ऐ अमेरिका पो!!” फेरी आकाशमा अर्को चीलगाडी हामीलाई जिस्क्याय जसरी उड़यो ! उ अमिलो मुहार बनाउदै थूक निल्यो ! उसका रुद्रघनटी हल्लिए ! 

“सपनाका जहाज अस्तबेस्त छन! उड़न साएद पखेटै चाहिने रहेछ!”, उ एकाएक टोलायो!

 “परिश्रम गर फलको आश नगर भन्ने हाम्रो हिन्दू ग्रन्थले समाजको सोचाईनि तेस्तो बनैदेको भए?” मैले मन मनै सोचे ! म संग उस्लाई दिने उत्तर थिएन ! आखिर नभनेको मात्र पो हो र !! देश छोड़न उभन्दा बडी आतुर त म थिए !! हरेक चीलगाडीको आवाजले झसंग भएको त म थिए !! आखिर अचम्मको छ हामी सारा नेपालीको मिठो सपना “देस छोडी चाडै बिदेशिन पाऊ !!”

 -प्रतिक “आभास”

शहर, म अनि सपनाहरु



यो शहर अनि म ,
जोड्ने एक बिन्दु - सपनाहरु ।


अधेरी रातको नसा
अनी निसाका उज्यालाहरु ,
सुत्न बिर्सिने यो शहर 
अनी अनिदा रातहरुमै रम्ने- मेरा सपनाहरु ।


भाग्न सिकाउदै लडाउने यो शहर 
तर नथाक्ने - मेरा सपनाहरु ।


हजारौको भिड जोड्ने यो शहर 
तर एक कोठाको  कुनामा चुपचाप  लम्पसार 
कसैले नबुजेका ,
न बुझ्न चाहेका - मेरा सपनाहरु ।


ठुला भवन यो शहर 
तर कही नअटेका - मेरा सपनाहरु ।


हासोका फोहोरा हर्सिद मुद्रा 
खुशीको ब्यापर यो शहर 
तर भित्रभित्रै दबेका - मेरा सपनाहरु ।
हुरी बतास छेक्ने यो शहर 
तर ज्वालामुखी भित्रभित्रै- मेरा सपनाहरु ।


समानताको नारा 
ठुला बात गर्ने यो शहर 
तर
कहिँ समेटिन नसकेका - मेरा सपनाहरु ।
पैसाको बिटोमा रम्ने यो शहर ,
अनी
पेसामा धितो राख्दै उमेर -  हजारौ सपनाहरु ।


बत्तिको चमकमा
सुर्य भुलेका - हजारौ सपनाहरु ।
जिउन सिकाउने यो शहर 
तर मार्ने - हजारौ सपनाहरु ।
जिउदो यो शहर 
तर मरेका -- हजारौ सपनाहरु ।
भौतिक पूर्वधारको धनी, जोडिएका बाटाहरु 
जोड्न सिकाउने यो शहर 
तर आफ्नैसङ नाता टोडिएका - हजारौ सपनाहरु ।
जिउदाहरुको मुर्दाघर यो शहर 
मुर्दाहरुको कफन यो शहर 
हर सुर्योदयसँगइ अस्थाउने - हजारौ सपनाहरु ।


कागजमा चलेको यो शहर 
बिस्वास खोज्दै - मेरा सपनाहरु ।
म बुझ्दिन यो शहर 
कि 
यो शहर मलाई बुझ्दैन 
कि
हामी बुझ्दैनौ एक अर्कालाइ। 


खुशी हुन सिकाउदै,
खुशी लुटेने यो शहर ,
तर रम्न खोजेका - मेरा सपनाहरु ।
यो शहर अनि म ,
जोड्ने एक बिन्दु - सपनाहरु । 
तर यो शहरको बुझाइबाट धेरै भिन्न धेरै टाढा।  
मेरा सपनाहरु ,
तर 
कैले त बुझ्लास नि ए शहर
तैलेपनि  
मेरा सपनाहरु  
मेरा सपनहरु । । । ।


-प्रतिक "आभास "

राहदानी

 #कबिता



१ दिनको लगातार काम,
दिनभरीको लामो लाम,
अनि
४० दिनको पर्खाइ, 
हरियो पासपोर्ट मेरो हात पर्यो,
सुनौला अक्छ्यरमा लेखिएको थियो
" राहदानी नेपाल " !
मन फुरुङ्ग भयो !
हत्तपत्त साथीलाई फोन लगाए,
"ओए, म नि अब विदेश जाने" !
कथा येहीबाट सुरु भयो,
आखिर एक साझा सपना
हामी नेपाली सबैको
देश छाडि छिट्टै बिदेशिन  पाम !!


-प्रतिक "आभास "

परिवर्तन

 .